मैनबत्ती बालेर सुरुङ्गा नगरपालिकामा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइयो

0 Shares

जीवन कुमार राम, असोज ४

सप्तरीको सुरुङ्गा नगरपालिकाले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शनिबार राति मैनबत्ती बालेर विशेष कार्यक्रम आयोजना गरी दिवस मनाएको छ।

 

नगर प्रमुख श्रीमती गीता चौधरीको नेतृत्वमा नगरपालिका परिसरमा आयोजित कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीलगायतको सहभागिता रहेको थियो।

 

कार्यक्रममा सहभागीहरूले मैनबत्ती प्रज्वलन गर्दै नेपालको संविधानको सम्मान, लोकतान्त्रिक मूल्य–मान्यता तथा राष्ट्रिय एकताको भावना सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

 

नगर प्रमुख चौधरीले संविधानले सुनिश्चित गरेका अधिकार, लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय एकताको संरक्षण गर्दै स्थानीय तहबाट नागरिकको सेवा र विकास निर्माणका कामलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिइन्।

 

दिवसका अवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रमले संविधान र राष्ट्रिय दिवसको महत्वलाई स्मरण गराउँदै जनप्रतिनिधि तथा कर्मचारीबीच एकता र सहकार्यको सन्देश दिएको सहभागीहरूले बताएका छन्।

सम्बन्धित समाचार

सबै