अलौमा शंकास्पद मोटरसाइकल चेकजाँच गर्दा भेटियो २१ पोकामा प्याक गरिएको पदार्थ

0 Shares

बिष्णु राम, पर्सा ३१ भदौ

पर्साको वीरगञ्ज महानगरपालिका–१७ अलौबाट सशस्त्र प्रहरीले लागूऔषध चरेसजस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

अलौमा सी.सु. गुल्मअलौ पर्साबाट सशस्त्र प्रहरी नायब उपरिक्षक उत्तम बस्नेतको कमाण्डमा खटिएको ५ जना मोबाइल गस्ती टोलिले भारतीय मो.सा.मा सवार भारतीय नागरिक रोकेर चेक जाँच को क्रमा लागुऔषध बरामद गरिएको छ।

प्रहरीका अनुसार मोटरसाइकलको ट्याङ्कीभित्र फल्स बटम बनाएर लुकाइराखिएको अवस्थामा अन्दाजी ९.५ किलोग्राम चरेसजस्तो देखिने पदार्थ फेला परेको थियो। उक्त पदार्थ २१ वटा पोकामा प्याक गरी राखिएको अवस्थामा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

घटनास्थलबाट एक थान मोबाइल र लागूऔषध ओसारपसारमा प्रयोग भएको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका भारतीय नागरिक, बरामद पदार्थ, मोटरसाइकल तथा अन्य सामग्रीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय श्रीपुर, पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद पदार्थको वास्तविक प्रकृति तथा घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै