श्री सरस्वती सामुदायिक सिकाई केन्द्र बोदे बर्साईनको दोस्रो साधारणसभा सम्पन्न

0 Shares

उमेश कुमार साह ,सप्तरी ।

श्री सरस्वती सामुदायिक सिकाई केन्द्रको दोस्रो साधारणसभा तथा सामाजिक परीक्षण सप्पन्न भएको छ । श्री सरस्वती सामुदायिक सिकाई केन्द्र बोदे बर्साईन नगरपालिका -५ सप्तरीको कार्यालयमा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो

 

कार्यक्रममा प्रमुख अतिथि बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंहले पछिल्लो समय मानिसहरूमा पुस्तक पढ्ने बानी हराउँदै गएको भन्दै पठन संस्कृतीको बिकासका लागि सामुदायिक सिकाई केन्द्रले सहयोग पुग्ने बताउनुभयो । उहाँले यस्ता सिकाई केन्द्रको बारेमा ब्यापक प्रचार प्रसार आवश्यक रहेको बताउनुभयो ।

 

सिकाई केन्द्रका सदस्य तथा बोदे बर्साईन नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख राम सागर यादवले स्वागत मन्तब्य राख्दै पालिकामा २ वटा सिकाई केन्द्र रहेको जानकारी गराउनुभयो । सिकाई केन्द्रको बिधान अनुसार बिभिन्न गतिविधि संचालन गरिरहेको उहाँले जानकारी गराउनुभयो । यादवले सिकाई केन्द्रको लागि संघीय सरकार र नगरपालिकाले अनुदान उपलब्ध गराउने गरेको बताउनुभयो ।

कार्यक्रममा उदघोषक उमेश कुमार साहले प्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । सिकाई केन्द्रकी अध्यक्ष इन्द्रकला कुमारी यादवको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय राजनीति ब्याक्ती , प्र .अ गौरीशंकर चौधरी र चंन्दन यातायात लगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार

सबै