सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका–६ कडरबोनामा रामजानकी मन्दिर सञ्चालन तथा व्यवस्थापनका लागि नयाँ मन्दिर समिति गठन गरिएको छ।

२०८३ साल असोज ४ गते आइतबार वडा अध्यक्ष दिनेश कुमार रामको अध्यक्षतामा स्थानीय समाजका व्यक्तिहरूको उपस्थितिमा सम्पन्न भेलाले ९ सदस्यीय मन्दिर समिति तथा ११ सदस्यीय सल्लाहकार समिति गठन गरेको हो।

भेलाबाट अध्यक्षमा जिबछ चौधरी, समितिको उपाध्यक्षमा मसिलाल चौधरी, कोषाध्यक्षमा नन्दलाल राम र सचिवमा अजय कुमार चौधरी,चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा रविलाल चौधरी, रामअशिष राम, लखन राम, रमेश कुमार साह र शुभकलाल चौधरी रहेका छन्।
यसैगरी सल्लाहकार समितिमा सुरेन्द्र प्रसाद साह, राजेन्द्र प्रसाद चौधरी, सब्जी चौधरी, गजेन्द्र चौधरी, भगवती प्रसाद चौधरी, रोहितलाल चौधरी, हरानी चौधरी, जग जीवन राम,युगेश्बर राम, मञ्जय चौधरी र इन्द्रदेव कामती चयन भएका छन्।
रामजानकी मन्दिरका धार्मिक, सामाजिक तथा सांस्कृतिक गतिविधिलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले समिति गठन गरिएको जनाइएको छ। भेलामा स्थानीय समाजका विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो।