सैफुल्ला राइन
सुरुङ्गा खबर। धनुषा जिल्ला अदालतका सम्माननीय न्यायाधीश मनोज कुमार श्रीवास्तवले आज सबैला नगरपालिकाको न्याय समितिसँग विशेष छलफल गर्नुभएको छ।
छलफलको उद्देश्य स्थानीय तहमा न्यायिक सेवाको पहुँच विस्तार गर्नु, विवाद समाधान प्रक्रियालाई प्रभावकारी बनाउनु र स्थानीय न्याय समितिहरूको क्षमतावृद्धिमा सहयोग पुर्याउनु रहेको थियो।
कार्यक्रममा सबैला नगरपालिकाका उप–प्रमुख तथा न्याय समिति संयोजक, वडा अध्यक्षहरू, नगरपालिका कानुनी सल्लाहकार लगायत स्थानीय तहका अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। छलफलमा स्थानीय विवाद समाधानका अनुभवहरू, कानुनी समस्याहरू तथा भविष्यमा अदालत र न्याय समितिबीच सहकार्य कसरी अझ मजबुत बनाउने भन्नेबारे विस्तृत रूपमा विचारविमर्श गरिएको थियो।
न्यायाधीश श्रीवास्तवले संविधानले प्रत्याभूत गरेको न्यायमा पहुँच र समानताको सिद्धान्तलाई व्यवहारमा उतार्न स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।
यस प्रकारका अन्तरसंवादले स्थानीय तह र न्यायिक निकायबीचको समन्वयलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ।