सुरुङ्गा नगरपालिका–६ का वडाध्यक्ष दिनेश कुमार रामद्वारा रमदानको शुभकामना

0 Shares

सुरुङ्गा नगरपालिका–६, सप्तरीका वडाध्यक्ष श्री दिनेश कुमार रामले मुस्लिम धर्मावलम्बीहरुको महान पर्व रमदानको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।

रमदान पर्वको पावन अवसरमा जारी गर्नुभएको शुभकामना सन्देशमा वडाध्यक्ष रामले सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति, समृद्धि तथा आपसी सद्भावको कामना गर्नुभएको छ। उहाँले रमदानले मानव समाजमा सहिष्णुता, त्याग, संयम र भाईचाराको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।

उहाँले धार्मिक तथा सांस्कृतिक विविधता नेपाल समाजको महत्वपूर्ण विशेषता भएको उल्लेख गर्दै यस्ता पर्वहरूले आपसी एकता, सद्भाव र सामाजिक सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ।

वडाध्यक्ष रामले रमदान पर्वले सम्पूर्ण नागरिकबीच आपसी सम्मान, मेलमिलाप र सहअस्तित्वको भावना अझ प्रगाढ बनाउँदै समाजमा सकारात्मक ऊर्जा प्रवाह हुने अपेक्षा व्यक्त गर्नुभएको छ। साथै, उहाँले रमदान पर्वको अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरुमा पुनः हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

सम्बन्धित समाचार

सबै