६ महिनाका आरव कार्कीको कलेजो प्रत्यारोपणका लागि मानवीय सहयोगको अपिल

0 Shares

सुरुङ्गा सम्बाददाता

सुरुङ्गा खबर। साबिक खोटाङ जिल्ला धितुङ गाउँ विकास समिति वडा नं. ५ बखुवा, हाल सप्तरी जिल्ला सुरुङ्गा नगरपालिका वडा नं. २ भेडिया निवासी भिम कार्की (इन्द्र कार्कीका भाइ) का नाती तथा आशिष कार्कीका छोरा आरव कार्की (६ महिनाको नावालक) कलेजो सम्बन्धी गम्भीर समस्याबाट पीडित हुनुहुन्छ। चिकित्सकको सल्लाह अनुसार बालकको कलेजो प्रत्यारोपण अत्यावश्यक रहेको छ।

उक्त प्रत्यारोपण नेपालमा सम्भव नभएकाले भारतको हरियाणा राज्य अन्तर्गत गुरुग्राम नजिकै रहेको Narayan Health मा गर्नुपर्ने भएको छ। कलेजो प्रत्यारोपणका लागि बालकका बुबा आशिष कार्की स्वयं कलेजो दाता बन्ने निश्चित भएको छ।

हालसम्म नेपालका विभिन्न अस्पतालहरूमा रोग पहिचान तथा उपचारको क्रममा करिब १० लाख रुपैयाँ खर्च भइसकेको छ। अब प्रत्यारोपण तथा थप उपचारका लागि करिब ७० देखि ७५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। परिवारले आफ्नो जग्गा जमिन बेचबिखन गर्दा समेत उक्त रकम जुटाउन नसक्ने अवस्था आएको छ।

यस कठिन परिस्थितिमा तल उल्लेखित आशिष कार्कीको बैंक खातामा सक्दो आर्थिक सहयोग गरी नाबालक आरव कार्कीको जीवन रक्षा गर्न मानवीय सहयोग गरिदिनुहुन सम्पूर्ण आफन्तजन, शुभचिन्तक तथा इष्टमित्रजनमा हार्दिक अनुरोध गरेका छन।

सुरुङ्गा नगरपालिका वडा नं. २, सप्तरी निवासी , चर्चित कलाकार तथा मोडेल भुवन के. पोखरेलले जानकारी दिनुभयो।

सम्बन्धित समाचार

सबै