खडकमा युवा संजालद्वारा विजयादशमी, दीपावली र छठ पर्वको  शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न 

0 Shares

सुरुङ्गा सम्बाददाता

सुरुङ्गा खबर। सप्तरीको खडक नगरपालिका अन्तर्गत खडक नगर युवा संजालको आयोजनामा विजयादशमी, शुभ दीपावली र छठ पर्वको अवसरमा विशेष शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।

खडक नगर युवा संजालका अध्यक्ष रकिराज प्रभात चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खडक नगरपालिका प्रशासन शाखाका प्रमुख रामाकांत चौधरी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रममा संजालकी सदस्य सोनिया कुमारी मण्डलले स्वागत मन्तव्य राखिन् भने शिवशंकर मण्डलले सञ्चालन गरेका थिए। खडक नगरपालिका स्वास्थ्यकर्मी जीव नारायण चौधरीसहित नगरका युवाहरू सक्रिय रूपमा उपस्थित रहेका थिए।

बाल क्लबका सदस्यहरूले प्रस्तुत गरेका सांस्कृतिक कार्यक्रमले वातावरण झनै उत्साहपूर्ण बनाएको थियो। कार्यक्रममा खडक नगर युवा संजालका पदाधिकारीहरूले पनि शुभकामना सहित आफ्ना धारणा व्यक्त गरेका थिए।

समापन अध्यक्ष रकिराज प्रभात चौधरीले गर्दै आगामी दिनमा पनि युवाहरूबीच आपसी एकता, सहयोग र सांस्कृतिक परम्पराको संरक्षणका लागि निरन्तर सक्रिय रहने प्रतिवद्धता व्यक्त गरे।

सम्बन्धित समाचार

सबै