सप्तरीमा कन्तलाल चौधरी हत्याकाण्डका ९ अभियुक्त पक्राउ, हतियार र गरगहना बरामद

0 Shares

जीवन कुमार राम,कडरबोना । सप्तरीको सुरुङा नगरपालिका-८ मा भएको कन्तलाल चौधरीको हत्या घटनामा संलग्न रहेका नौ जनालाई प्रहरीले पक्राउ गरेको छ।

घटनापछि फरार रहेका अभियुक्तहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको छ।

पक्राउ पर्नेहरूमा:

सुरुङा नगरपालिका–८ का राजेश कुमार मरिक (२७) र संजय मरिक (२८)

बोदे बर्साइन नपा–२ का दिपेन मरिक (२०)

खडक नपा–११ का हरिकिसुन मरिक (३४)

शम्भुनाथ नपा–८ का दिपक मरिक (२४)

बेलका नपा–१, उदयपुरका चन्दर मरिक (२८)

सुरुङा नपा–७ का राजु कुमार बिक (३३)

लहान नपा–६, सिराहाका महेन्द्र गोड्से (५२)

लहान–८ का उमेश साह सोनार (३८) रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट कटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग हुने दुई राउन्ड गोली, एक थान खुकुरी र मृतकको घरबाट लुटिएको गरगहना बरामद गरिएको छ।

सप्तरी प्रहरी प्रमुख एसपी गौतम केसीले उनीहरूविरुद्ध डाँका तथा कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थप गरि थप अनुसन्धान भइरहेको जानकारी दिए।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी उमा प्रसाद चतुर्वेदीले अनुसन्धानमा संलग्न सम्पूर्ण प्रहरी टोलीलाई सफलतापूर्वक अपराधी पत्ता लगाएकोमा धन्यवाद दिएका छन्।

सम्बन्धित समाचार

सबै