शियाराम यादव एनआरएनए कतारको कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित

0 Shares

सुरुङ्गा सम्बाददाता, २ अगस्ट दोहा

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारको ११औं राष्ट्रिय अधिवेशनमा शियाराम यादव कार्यसमिति सदस्य पदमा निर्विरोध निर्वाचित हुनुभएको छ।

अधिवेशन सन् २०२५ जुलाई ३१ मा निर्वाचन समिति संयोजक कमलमणि गुरागाईँको संयोजनमा सम्पन्न भएको हो। निर्वाचन प्रक्रियामा यादव एकमात्र उम्मेदवार रहनुहुँदा उहाँलाई निर्विरोध निर्वाचित घोषणा गरिएको थियो।

 

निर्वाचनपश्चात् एनआरएनए कतारतर्फबाट यादवलाई प्रमाणपत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

 

पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएपछि रोजगारीका सिलसिलामा कतार आएका यादव नेपाली समाज कतारमा प्रेस संयोजकको रूपमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ। सामाजिक संघ–संस्थामा निरन्तर संलग्न रहँदै आएका उहाँलाई योग्यता, सक्रियता र समर्पणको मूल्याङ्कन गर्दै एनआरएनए कतारको कार्यसमिति सदस्य पदका लागि सिफारिस गरिएको थियो।

 

निर्वाचनमा विजयी भएपछि शियाराम यादवले नेपाली समाज कतारप्रति विशेष आभार व्यक्त गर्दै आगामी दिनमा प्रवासी नेपाली समुदायको हित, अधिकार र सम्मानका लागि अझ समर्पित भएर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

 

सम्बन्धित समाचार

सबै