कतारमा रहेका पत्रकार रामएकवाल राम “पत्रकारिता पुरस्कार २०२५” बाट सम्मानित

0 Shares

शियाराम यादब – २६ जुलाई २०२५

सुरुङ्गा खबर, सप्तरी। दोहा – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतार (NRNA NCC Qatar) ले प्रवासमा रही नेपाली समाजका विविध पक्षहरू उजागर गर्दै आएको उल्लेखनीय योगदानको कदर गर्दै रामएकवाल रामलाई “पत्रकारिता पुरस्कार २०२५” बाट सम्मानित गरेको छ।

प्रवासमा रही सूचना, सन्देश र जनचेतनाको माध्यम बनेर सामाजिक अभियानमा सक्रिय योगदान पुर्‍याउँदै आउनु भएका रामलाई उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।गैरआवासीय नेपाली संघ, कतारद्वारा आयोजित २०२३–२०२५ कार्यसमितिको पत्रकारिता विधामा गरिएको मूल्याङ्कनअनुसार उहाँको कार्य, समर्पण र प्रभावशाली योगदानलाई उच्च सम्मानका साथ कदर गरिएको छ।

कार्यक्रममा पूर्व उपराष्ट्रपति माननीय डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।संघका अध्यक्ष रविन्द्र गजुरेल, महासचिव रविन मल्ल र अन्य पदाधिकारीहरूले पुरस्कार हस्तान्तरण गर्दै रामलाई आगामी दिनमा पनि समाज रूपान्तरणमा सक्रिय भूमिका खेलिरहन प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरे।

सम्बन्धित समाचार

सबै