जनकपुरधामदेखि काठमाडौँसम्म सन्त गुरु रविदासको ६४९औँ जन्मजयन्ती भव्य रूपमा मनाइयो

0 Shares

सुरुङ्गा सम्बाददाता
जनकपुरधाम, माघ १८। सन्त शिरोमणि गुरु रविदासजीको ६४९औँ जन्मजयन्ती जनकपुरधामसहित नेपालका विभिन्न जिल्लामा सामाजिक समानता, न्याय र मानव मर्यादाको सन्देशसहित भव्य रूपमा मनाइएको छ।

काठमाडौं


जनकपुरधाममा चमार कल्याण समाज जिल्ला कार्य समितिको आयोजनामा मण्डल सेवा समिति कुट्टीको सभा हलमा आयोजित कार्यक्रममा मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्ण प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। उहाँले गुरु रविदासका विचार आजको समाजका लागि अझ सान्दर्भिक रहेको बताउनुभयो।

जनकपुरधाम


प्रदेश प्रमुख कर्णले भन्नुभयो, “गुरु रविदासले जात, वर्ग र पेशाका आधारमा हुने विभेदको विरुद्ध आवाज उठाउनुभयो। उहाँको दर्शनले सबै मानव समान हुन् भन्ने सन्देश दिन्छ, जुन समावेशी समाज निर्माणका लागि अपरिहार्य छ।”
कार्यक्रम चमार कल्याण समाज जिल्ला कार्य समितिका अध्यक्ष प्रगास महराको अध्यक्षतामा सम्पन्न भएको थियो। अध्यक्ष महराले गुरु रविदासका शिक्षाले आत्मसम्मान, श्रमको सम्मान र शिक्षामार्फत समाज रूपान्तरणको मार्ग देखाएको उल्लेख गर्नुभयो। उहाँले सम्पूर्ण समाजले गुरु रविदासका विचार आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो।

रौतहट


विशिष्ट अतिथि चमार कल्याण समाज नेपालका केन्द्रीय अध्यक्ष दिनेश चमारले शिक्षा, चेतना र संगठन सामाजिक परिवर्तनका आधार भएको बताउँदै गुरु रविदासको दर्शन पुस्तान्तरण गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

बारा


यसै अवसरमा काठमाडौँ उपत्यकामा पनि गुरु रविदासजीको ६४९औँ जन्मोत्सव सभ्य र भव्य रूपमा सम्पन्न भएको छ। बौद्ध नयाँबस्तीस्थित लालीगुराँस पार्टी प्यालेसमा चमार कल्याण समाज नेपाल तथा उपत्यका समितिको आयोजनामा सम्पन्न समारोह उपत्यका समिति अध्यक्ष मनोज कुमार रामको अध्यक्षतामा भएको थियो।

रौतहट


कार्यक्रममा नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन परियार प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। साथै राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कोटी, दक्षिण अफ्रिकाका पूर्व राजदूत तथा दलित महाअभियानका संयोजक डा. निर्मल विश्वकर्मा, दलित अभियन्ता तथा चमार समुदायका विभिन्न अगुवा व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
गुरु रविदासजीका समता, न्याय र मानवीय गरिमामा आधारित विचारहरूलाई केन्द्रमा राखी आयोजित यी कार्यक्रमहरूले सामाजिक चेतना, वैचारिक एकता र सामाजिक सद्भाव प्रवर्द्धन गरेको आयोजकहरूले बताएका छन्। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आयोजक संस्थाले आभार व्यक्त गरेका छन्।

सम्बन्धित समाचार

सबै