0
Shares

शियाराम यादव ,भदौ -१४
सुरुङ्गा खबर, दोहा । नेपाली समाज कतारद्वारा आयोजित बैठक तथा आन्तरिक अन्तरक्रिया क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष मनिष यादवले गर्नुभयो भने उदघोषण संस्थाका सचिव राम एकवाल रामले गर्नुभएको थियो।
उक्त कार्यक्रममा संस्थाका अग्रज व्यक्तिहरू, कार्यसमिति सदस्यहरू, पदाधिकारी तथा सल्लाहकारहरूको सक्रिय उपस्थिति रहेको थियो। यस अवसरमा संस्थामा नयाँ व्यक्तिहरूको आगमन भएकोमा उनीहरूलाई स्वागत तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।
कार्यक्रमको अन्त्यमा आउँदो नेपालीहरूको महान् पर्व दशैं, तिहार (दीपावली) तथा छठ पर्वको शुभकामना आदान–प्रदान गरिएको थियो।