गैर आवासीय नेपाली संघ, RCC रियादको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा जितेन्द्र थपलिया

0 Shares

जीवन कुमार राम,रियाद, साउदी अरब —गैर आवासीय नेपाली संघ (NRNA) साउदी अरब अन्तर्गत क्षेत्रीय समन्वय समिति (RCC) रियादको दोस्रो अधिवेशन एक विशेष समारोहका साथ रियादस्थित डिमोरा होटलमा सम्पन्न भएको छ।

कार्यक्रमको पहिलो सत्रको सभापतित्व RCC रियादका निवर्तमान संयोजक महेश धिमिरेले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाली राजदूतावास रियादका प्रथम सचिव टोप नारायण गिरी तथा विशिष्ट अतिथिका रूपमा साउदी अरबका पर्यटनदूत राजेन्द्र अर्यालको उपस्थिति रहेको थियो।

 

 

 

यस अतिरिक्त, NRNA राष्ट्रिय समन्वय परिषद् (NCC) का पदाधिकारी, विभिन्न संघसंस्था तथा समुदाय प्रतिनिधिहरू, समाजसेवी, पत्रकार, महिला दिदीबहिनीहरू लगायत नेपाली समुदायको उल्लेखनीय सहभागिता कार्यक्रमको आकर्षण रह्यो।

 

कार्यक्रममा RCC रियादको २०२३–२०२५ कार्यकालको प्रगति विवरण प्रस्तुत गर्दै सो समितिको औपचारिक बिघटन गरिएको थियो। यस अवसरमा विगत कार्यकालका उपलब्धिहरू, चुनौतीहरू तथा भावी योजनाको चर्चा गर्दै समितिले आफ्ना गतिविधिहरूलाई समेटेको थियो।

 

२०२५–२०२७ कार्यकालका लागि १९ सदस्यीय नयाँ समिति गठन

अधिवेशनले निर्वाचन संयोजक हेम सुवेदीको संयोजकत्वमा नयाँ १९ सदस्यीय कार्यसमिति चयन गरेको छ। निर्वाचन प्रक्रिया शान्तिपूर्ण, पारदर्शी र सहभागितामूलक रूपमा सम्पन्न भएको थियो।

नव-निर्वाचित पदाधिकारीहरू:

अध्यक्ष: जितेन्द्र थपलिया,उपाध्यक्ष: राजु बराल,सचिव: देवेन्द्र विश्वकर्मा,सह–सचिव: अभिषेक खरेल,कोषाध्यक्ष: मिनप्रसाद अधिकारी,सह–कोषाध्यक्ष: तुलसी दवाल,प्रवक्ता: प्रधून्न तिमल्सिना सदस्यहरू: जग जीवन राम,नरेश महरा,मुस्कान शर्म,बमबहादुर सार्की,धीरज बिक,रोशन बस्नेत,कृष्णमाया हुमागाई,अनिल राणाभाट,मनोज भारती,गोपालप्रसाद आचार्य,रोशनी श्रेष्ठ

समापन सत्रमा नव–निर्वाचित अध्यक्ष जितेन्द्र थपलियाले कार्यभार ग्रहण गर्दै सम्पूर्ण प्रवासी नेपाली समुदायको हितमा एकता, समावेशिता र पारदर्शितामूलक सेवा दिने प्रतिबद्धता व्यक्त गरे।

साथै, उपस्थित वक्ताहरूले नयाँ समितिको सफल कार्यकालको शुभकामना दिंदै प्रवासी नेपालीको हित र नेपालको पहिचान प्रवर्द्धनमा अझ प्रभावकारी योगदान हुने विश्वास व्यक्त गरे।

कार्यक्रमले RCC रियादको संस्थागत सुदृढीकरण, सदस्यहरूबीच समन्वय र सहकार्य, तथा नेपाली समुदायको हकहित र सांस्कृतिक प्रवर्द्धनमा संलग्नता थप मजबुत बनाउने संकेत दिएको छ।

 

सम्बन्धित समाचार

सबै