जीवन कुमार राम, सुरुङ्गा खबर, सप्तरी। साउदी अरब , गैरआवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समन्वय समिति, अल-कसिमको छैटौं अधिवेशन यही २०२५ मे ३० तारिख, शुक्रबारका दिन आयोजना गरिने भएको छ। २०२५–२७ कार्यकालका लागि सम्पन्न हुने यस महत्वपूर्ण अधिवेशनमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको भौतिक उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
अधिवेशन विवरण:
मिति: २०२५ मे ३०, शुक्रबार
समय: बिहान १०:०० बजे देखि
स्थान: बुरैदा सेन्टर, अल-कसिम, साउदी अरब
यस अधिवेशनलाई निष्पक्ष, मर्यादित र सफल रूपमा सम्पन्न गर्नका लागि गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् साउदी अरबका उपाध्यक्ष श्री मनिष कोइरालाको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ।
समाजसेवामा संलग्न भई आगामी कार्यकालमा समिति सदस्यको रूपमा कार्य गर्न इच्छुक व्यक्तिहरूले २०२५ मे २७ तारिख, मंगलबार राती ११:५५ बजेभित्र आफ्नो उम्मेदवारी फारम निर्वाचन समितिको आधिकारिक ईमेल वा संस्थाको फेसबुक मेसेन्जरमार्फत पठाउनु पर्नेछ।
नोट: उम्मेदवारी फारम चाँडै नै प्रकाशित गरिनेछ।
निर्वाचन समिति: संयोजक:
मनिष कोइराला – सम्पर्क: ०५६३५२८०२०
सदस्य:ध्रुवराज कटुवाल – सम्पर्क: ०५००१५७५६८
काजीमान कन्डङ्वा – सम्पर्क: ०५७६३२०९३७
निर्वाचन परिवेक्षक:
बिशाल कुमार श्रेष्ठ – सम्पर्क: ०५३५४७०२५३
ईमेल: rccalquassim2527@gmail.com
यस अधिवेशनलाई सफल र फलदायी बनाउन सम्पूर्ण अल-कसिमस्थित नेपाली समुदायको साथ, सहकार्य र उपस्थितिको अपेक्षा गरिएको छ।