सिरहा सेवा समाज कतारद्वारा लक्ष्मीपुर पतारीकी एक वृद्ध आमालाई राहत सामग्री प्रदान

0 Shares

शियाराम यादव, दोहा

सुरुङ्गा खबर, सप्तरी। कतारमा सक्रिय सामाजिक संस्था सिरहा सेवा समाज कतारले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा एक विपन्न वृद्ध आमालाई राहत सामग्री प्रदान गरेको छ। गाउँपालिकाको कार्यालयअगाडि रहेको पोखरीको डिलमा अस्थायी बसोबास गर्दै आउनुभएकी शान्ता गिरिलाई करिब रु. १०,००० बराबरको खाद्यान्न सामग्री तथा रु. १,००० बराबरको औषधोपचार खर्च प्रदान गरिएको हो।उक्त सहयोग कार्यक्रम रेडियो सरगमको विशेष पहल, सिरहा सेवा समाज कतारको आयोजनामा, तथा जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेेश महतोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।कार्यक्रममा सिरहा सेवा समाज कतारका अध्यक्ष जय प्रकाश यादव र कार्यक्रम संयोजक शियाराम यादवको उल्लेखनीय भूमिका रहेको थियो।

राहत प्राप्त गरेपछि वृद्ध आमा शान्ता गिरिले संस्थाप्रति आभार व्यक्त गर्नुभएको छ।

सम्बन्धित समाचार

सबै