0
Shares
सुरुङ्गा खबर, सप्तरी। प्रदेश सरकारको निर्णय अनुसार मधेश प्रदेशमा आगामी वैशाख २३ गते (मंगलवार) जानकी नवमी (सीता जयन्ती) र जेठ २८ गते (बुधवार) कविरदास जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।
सार्वजनिक बिदा सम्बन्धी सुचना

मधेश प्रदेश सरकार अन्तर्गत गृह, सञ्चार तथा कानून मन्त्रालयले चैत २२ गते प्रकाशित २०८२ सालको सार्वजनिक बिदा सम्वन्धी सूचना अनुसार, यी दुई दिनलाई थप सार्वजनिक बिदाका रूपमा स्वीकृत गरिएको हो। मन्त्रालयले वैशाख २१ गते जारी गरेको सूचनामा उक्त बिदा निर्णय सबैलाई जानकारी गराउन सार्वजनिक गरिएको छ।
यस अनुसार, प्रदेशभित्रका सबै सरकारी कार्यालयहरू उक्त दुई दिन बन्द रहनेछन्।