बोदे बर्साईनमा पाँचौ नगर स्तरिय बिधालय राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिताको उद्घाटन

0 Shares

उमेश कुमार साह , बोदे बर्साईन

सुरुङ्गा खबर, सप्तरी। स्वास्थ्यका लागि खेलकुद रास्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ दौड, कपर्दी, , भलिबल लगाएतका खेलहरू समाबेश गरेर बोदे बर्साईन नगरपालिकाको श्री इस्वरी हिया सुरैत जिलेबी जनता माध्यमिक बिधालयको खेलमैदानमा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू भएको छ । सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर— ३ मा रहेका श्री इस्वरी हिया सुरैत जिलेबी जनता माध्यमिक बिधालयको खेलमैदान गौरामा पाँचौं नगर स्तरिय बिधालय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

 

उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बोदे बर्साईम नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह यादवले गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि यादवले पानसमा दीप प्रज्जवलन पछि मार्च पास गरी कार्यक्रमको उदघाटन गरिएको हो ।

 

सो अवसरमा प्रमुख यादवले बोदे बर्साईन नगरपालिकामा

श्री इस्वरी हिया सुरैत जिलेबी जनता माध्यमिक बिधालयको निजि खेलमैदान नरहेकोले गौरा बिधालयको खेलमैदानलाई निर्माणकालागि थप पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले संघीय, प्रदेश र स्थानीय सरकारको संयुक्त प्रयासमा खेलमैदानको रंगशाला निर्माण गरिनु पर्ने बताए ।

 

उनले खेलक्षेत्रको विकासमा आसातित लगानी नगरिएको अवस्थामा पालिकाले यसरी बिद्यार्थीको हौसला बढाउन गरिएको यो प्रतियोगीता आफैमा सराहनीय रहेको बताए । खेल भन्ने कुरा अनुशानमा आधारित रहने भन्दै उनले बिद्यालयका गुरुहरुले भोलीका सन्ततीकालागि चनाखो हुनु पर्ने बताए । उनले स्वास्थ्य शिक्षा लगातयका मौलिक हकका कुरा संबिधानमा लेखिए पनि अझै सम्म कार्यान्वय हुन नसकेको बताए । यादवले खेल क्षेत्रको विकासकालागि आफुले सक्दो पहल गर्ने बताए । कार्यक्रममा नगर शिक्षा अधिकृत रामसागर यादव,बोदे बर्साईन नगरपालिकाका वडा अध्यक्षहरु , खेलप्रतियोगितमा सहभागी विद्यालयका प्रधानाध्यापकहरु तथा खेलप्रेमीको सहभागीता रहेका थियो ।

 

प्रतियोगिता बोदे बर्साईन नगरपालिकाको शिक्षा , युवा तथा खेलकुद शाखाले आयोजना गरेको थियो । कार्यक्रमको अध्यक्षता बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह यादवले गरेको थियो । प्रतियोगिता २५, २६ र २७ गते गरि तीन दिने आयोजना गरेको छ।

सम्बन्धित समाचार

सबै