सुरेश यादव,परासी,माघ १६ । पश्चिम नवलपरासीको पहिलाे क्याम्पस पाल्ही बहुमुखी क्याम्पस रामग्राम-४ जितपुरकाे खेलमैदानमा प्रथम स्ववियु कप अन्तर क्याम्पस स्तरिय भलिबल प्रतियोगिता आज सम्पन्न भएकाे छ ।
पाल्ही बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनद्वारा आयोजना तथा रामग्राम नगरपालिका वडा नम्बर ४ को आर्थिक सहयोगमा प्रथम स्ववियु कप सुरु भएकाे थियाे । स्ववियु सभापति निरजप्रसाद धवलको अध्यक्षता तथा रामग्राम ४ का वडाध्यक्ष मदन यादवकाे प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएकाे हाे ।
कार्यक्रममा वडा सदस्य प्रभु लाल माैर्य,पाल्ही क्याम्पसका प्राध्यापक केशव भट्टराई ,त्रिभुवन क्याम्पस बेलाटारी स्ववियु सभापति आदित्य पाल,पत्रकार सुरेश यादव,पुर्व स्ववियु सभापति बृजनन्दन कुर्मी,स्ववियु सचिव रिता कुमारी हरिजन लगायतले बाेल्नु भएकाे कार्यक्रम संचालक प्रिति अग्रहरीले जानकारी दिनुभयाे ।
साथै प्रतियोगितामा दिव्यज्याेति क्याम्पस प्रथम,महाकवि देवकोटा क्याम्पस द्वितीय र पाल्ही क्याम्पस A टिम तृतीय हुन सफल भएकाे छ भने क्रमश प्रथम,द्वितीय र तृतीयलाई १५ हजार,१० हजार र ५ हजार सहित मेडल,कप र प्रमाणपत्र वितरण गरिएकाे आयाेजकले जनाएकाे छ ।