जनजागृति माविका ६० विद्यार्थीलाई न्यानो कपडा, अर्धवार्षिक परीक्षाकाे नतिजा प्रकाशन तथा पुरस्कार वितरण 

0 Shares

धर्मेन्द्र कुमार कुर्मी, ११ पाैष ।

सुरुङ्गा खबर। कपिलवस्तुकाे विजयनगर गाउँपालिका-२ लोहरौलामा अवस्थित जनजागृति माध्यमिक विद्यालयमा अध्ययनरत बाल विकास केन्द्रका ६० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

 

विजयनगर गाउँपालिका-२ मगरघट्टाका समाजसेवी गगन कुमार मिश्रले शुक्रबार बाल विकासका विद्यार्थीहरूलाई न्यानो कपडा उपलब्ध गराउनु भएको हाे । विद्यालयका प्रधानाध्यापक मिर्जा प्रसाद चाैधरीले मिश्र परिवारले जाडो माैसमलाई मध्यनजर गर्दै बाल विकास केन्द्रका विद्यार्थीलाई स्विटर र टाउजर उपलब्ध गराएको जानकारी दिनुभयाे ।

 

विद्यालयले अर्धवार्षिक परीक्षाकाे नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम समेत सम्पन्न गरेकाे जनाएको छ ।

सम्बन्धित समाचार

सबै