बाढीपीडितका लागि समृद्धि एकेडेमीको सहयोग, राहत कोषमा १० हजार १०५

0 Shares

जीवन कुमार राम,कडरबोना ८ असोज

सप्तरी । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपहिरोबाट प्रभावित परिवारको राहतका लागि सप्तरीको सुरुङ्गा नगरपालिका– ३ दौलतपुरस्थित समृद्धि एकेडेमीले आर्थिक सहयोग गरेको छ।

विद्यालयका प्रिन्सिपल उपेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा शिक्षक, कर्मचारी तथा विद्यार्थीबाट संकलित रु. १० हजार १०५ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ।

रसुवा, धादिङ, नुवाकोटलगायतका जिल्लामा बाढीपहिरोबाट प्रभावित नागरिकको तत्कालीन राहत तथा आधारभूत आवश्यकता पूर्तिमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको हो।

विद्यालयले विपद्को यस दुःखद घडीमा पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै राहत तथा पुनःस्थापनाका लागि सबै पक्षबाट मानवीय सहयोग आवश्यक रहेको जनाएको छ।

सानो सहयोग, ठूलो मानवीय भावना। शिक्षक, कर्मचारी र विद्यार्थीको सामूहिक पहलले विपद्मा परेका नागरिकप्रति सामाजिक उत्तरदायित्वको सकारात्मक सन्देश दिएको छ।

सम्बन्धित समाचार

सबै