सप्तरी सुरुङ्गाका भुवन के. पोखरेललाई ओप्सना अवार्डबाट उत्कृष्ट सम्मान

0 Shares

सुरुङ्गा सम्बाददाता, १० मंसिर

काठमाडौं। ओप्सना फिल्म्स प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड नेपालको चलचित्र विकास बोर्डको सभाहलमा सम्पन्न भयो। वरिष्ठ चलचित्रकर्मी हरिहर शर्माको प्रमुख आतिथ्यता र आयोजक संस्थाका प्रबन्धक निर्देशक ओम प्रकाश राईको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो।

 

कार्यक्रममा गायक शिव परियारलाई राष्ट्रिय संगीत रत्न सम्मान प्रदान गरिएको थियो। त्यस्तै डा. सूर्य बहादुर मगरलाई राष्ट्रिय संगीत व्यवसायी सम्मान, भीष्मराज फुलारालाई राष्ट्रिय साहित्य रत्न सम्मान, राजेन्द्र बजगाईलाई राष्ट्रिय संगीत तथा कला रत्न सम्मान, शिरोमणी दवाडीलाई राष्ट्रिय सिर्जनशील सञ्चारकर्मी सम्मान र देवेन्द्र पाण्डेलाई राष्ट्रिय संगीत तथा कला सम्मान प्रदान गरियो।

 

राष्ट्र भूषण चौलागाई, लेखक तथा निर्देशक नविन पन्त, जानकी मगर, दिलीप कुमार आङ्बो, सुबिना श्रेष्ठ, मोहन प्रधान, जनक खकुरेल, संगम लामिछाने, हेमन्त थापा मगर, सञ्जु मोक्तान, सुधन थापा, गायक नवराज पराजुली, विनोद किराती, राज रुम्बा, पुण्य भट्टराई, अनु राई, संगीतहारी, राजेन्द्र बस्नेत, अर्जुन घिमिरे, प्रदिप सापकोटा, नवराज श्रेष्ठ, युवा समाजसेवी सुदन थापा, गायिका फुती शेर्पा, होमप्रसाद सेरचनलगायतलाई पनि सम्मान गरिएको थियो।

 

जुरीमा वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ संगीतकार अशोक कुमार राई, वरिष्ठ साउण्ड इन्जिनियर गोबिन्द सोनि, गायक सुरज पौडेल, संगीतकार मदन सुफिक्स, गीतकार गोविन्द भट्टलगायत रहेका थिए। लाइभ क्यामरामा ओम प्रसाई, फोटोग्राफर अभिनास श्रेष्ठ र स्वयंसेविकामा रेणु राई तथा कविता राई खटिएका थिए।

 

कार्यक्रम संयोजक पेमा शेर्पा राईले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्य र विवरण प्रस्तुत गरेका थिए। त्रिशक्ती डान्स सेन्टरका दिपेश एसकेको समूहले स्वागत नृत्य प्रस्तुत गरेको थियो भने बाल कलाकार निमडिक्की शेर्पाको पनि आकर्षक प्रस्तुति रहेको थियो।

 

उत्कृष्ट अवार्ड प्राप्तकर्तामध्ये लोक आधुनिक गीततर्फ अम्बिका गुरुङ, पब्लिक च्वाइसमा प्रतिमा शिवाकोटी, निर्णायक छनोटमा मञ्जु कँडेल, लोक आधुनिक गायकमा शम्भु फोम्बो लिम्बु, आधुनिक गायकमा हरिदत्त फुलारा, पब्लिक च्वाइसमा नीमा शेर्पा, जुरी छनोटमा प्रशान्त पराङदेन लिम्बु। मोडल तर्फ पुर्वेली तथा लोक श्रेणीमा बिजेन्द्र नौबागे, लिम्बू पालम गायनमा गोमा लिम्बु ‘योङहाङ’, चलचित्रतर्फ देवेन्द्र बराल, चलचित्र सामाजिक सचेतना पुरस्कारमा विजय संयोग सुब्बा (सिटी अफ वार), आधुनिक गजल संगीतमा पुस्कर सुनुवार, पब्लिक च्वाइसमा सनम राई, चलचित्र निर्मात्री शर्मिला पाण्डेलाई जुरी सम्मान, आधुनिक गायिका (महिला) तर्फ निशा राई सम्मानित भए।

 

त्यसै गरी उत्कृष्ट अवार्ड प्राप्तकर्तामा आधुनिक गजल–गीततर्फ श्याम कुमार बानियाँ, लिम्बू भाषा गीत–भिडियो निर्देशनमा किशोर सुब्बा, पूर्वेली तथा लोक युगल गायनमा मैकास राई, आधुनिक लोक गायनमा भीम कुमार राई ‘अनन्त’, आधुनिक संगीतकारमा चन्द्रहाङ राई, राष्ट्रिय गीत गायकमा रोज सुनामी राई, थारु गीतमा रत्नदीप चौधरी, मैथिली गीतमा बन्दना मैनाली, चलचित्र निर्देशनमा नबिन सुब्बा म्यानयाङ्बो रहेका छन्।

 

उत्कृष्ट सम्मान प्राप्त कलाकारमा भुवन के. पोखरेल, आधुनिक गायिका (महिला–डेब्यु) कुसु गुरुङ, मोडल (लोक आधुनिक–महिला) निशा थापा मगर, लिम्बू भाषाको चलचित्रका अभिनेता राज कुमार राई, म्युजिक एरेन्जर रिदम कँडेल, पब्लिक च्वाइसमा सरिश्मा मगर, चलचित्र संगीतकार शंकर थापा स्माइल, टिभी प्रस्तुतकर्ता सागरिका श्रेष्ठ, वर्षको सर्वश्रेष्ठ मोडेल (सार्वजनिक छनोट) ईश्वर कुमार श्रेष्ठ, संस्कृतिमा सर्वश्रेष्ठ चलचित्र ‘ह्याङ नान्ड’, टेलिफिल्म निर्देशक दिवाकर भण्डारी ‘सापटि काका’, चलचित्र गायन (जुरी) नित्या शिवा रहेका छन्।

 

कार्यक्रमका सह–सञ्चालक सेसेमी लिम्बुको भूमिका उल्लेखनीय थियो। कार्यक्रममा संगीत, कला तथा चलचित्र क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार

सबै