साउदी अरबको अल कासिममा बडादशैं, तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रम हुने

0 Shares

जीवन कुमार राम, सुरुङ्गा खबर – रियाद। अल कासिम, साउदी अरब – गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समन्वय समिति, अल कासिम साउदी अरबको आयोजनामा नेपालीहरुको महान् चाड विजयादशमी, शुभदिपावली तथा छठ पर्व २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम आयोजना हुने भएको छ।

 

समितिका अनुसार कार्यक्रम २०२५ नोभेम्बर ३ (शुक्रबार) का दिन दिउँसो १ बजेबाट अल कासिमको बुरैदामा सुरु हुनेछ।

 

“नेपालीको लागि नेपाली” भन्ने नारासहित आयोजना गर्न लागिएको यस कार्यक्रममा आपसी भेटघाट, शुभकामना आदानप्रदान, सांस्कृतिक प्रस्तुति र सामूहिक कार्यक्रम हुने जनाइएको छ। साथै, यसले अल कासिम क्षेत्रमा कार्यरत नेपालीबीच आपसी एकता, सद्भाव र संस्कृतिको संरक्षणमा टेवा पुर्‍याउने आयोजक समितिको अपेक्षा छ।

 

कार्यक्रममा क्षेत्रका सबै नेपालीलाई सहभागी भई चाडपर्वको उल्लास साटासाट गर्न हार्दिक निमन्त्रणा गरिएको छ।

 

आयोजक:

गैरआवासीय नेपाली संघ (एनआरएनए)

क्षेत्रीय समन्वय समिति परिवार

अल कासिम, साउदी अरब

सम्बन्धित समाचार

सबै