चमार कल्याण समाज मलेसियाको पहलमा मृतकको शव नेपाल पठाइयो।

0 Shares

सुरुङ्गा खबर, सप्तरी! मलेशिया। रोजगारीको सिलसिलामा मलेसिया पुगेका रौतहटको यमुनामाई गाउँपालिका–४ निवासी २१ वर्षीय किसनन्दन रामको शव मंगलबार नेपाल ल्याइएको छ।

 

राम सेप्टेम्बर २ तारिख मलेसियास्थित Sugihara Grand Industries Sdn. Bhd. कम्पनीमा कार्यरत रहँदा आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए। आत्महत्याको कारण भने अझै खुलेको छैन।

 

मृतकको शव नेपाल पठाउन चमार कल्याण समाज मलेसियाले विशेष पहल गरेको हो। समाजका केन्द्रीय सदस्य तथा मलेसियाका पूर्व संयोजक नन्दलाल राम र महासचिव रामकिशोर महराले सक्रिय भूमिका खेलेका थिए। उनीहरूको पहलमा नेपाली दूतावास मलेसियासँग समन्वय गरी आवश्यक प्रक्रिया पूरा गरिएको समाजले जनाएको छ।

 

समाजले आफ्नो दायित्व अन्तर्गत पीडित परिवारलाई सहयोग पुगोस् भन्ने उद्देश्यले शव नेपाल पठाउने कार्य अगाडि बढाएको हो, महासचिव महराले बताए।

 

समाजले आफ्नो दायित्व अन्तर्गत पीडित परिवारलाई सहयोग पुगोस् भन्ने उद्देश्यले शव नेपाल पठाउने कार्य अगाडि बढाएको हो, महासचिव महराले बताए।

 

किसनन्दन परिवारको आर्थिक दायित्व बोकेर विदेश गएका थिए। तर छोटो समयमै मृत्यु भएको खबरले परिवार मात्र होइन, गाउँसमेत स्तब्ध बनेको छ।

 

विदेशमा रोजगारीका क्रममा दुर्घटना वा आत्महत्याबाट नेपाली युवाले ज्यान गुमाउने क्रम रोकिएको छैन। मलेसिया, कतार, साउदी अरब लगायतका मुलुकमा प्रत्येक वर्ष दर्जनौं नेपालीले विभिन्न कारणले ज्यान गुमाउने गरेका छन्।

सम्बन्धित समाचार

सबै