काठमाडौंमा लुटपाटमा संलग्न २७ जना नियन्त्रणमा, ३३ लाखभन्दा बढी नगद बरामद

0 Shares

सुरुङ्गा खबर, सप्तरी। काठमाडौं उपत्यकामा भएका हिंसात्मक तथा लुटपाट गतिविधिमा संलग्न २७ जनालाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ। उनीहरूबाट करिब ३३ लाख ७० हजार रुपैयाँ नगद बरामद गरिएको सेनाले जनाएको छ।

गौशाला- चाबहिल- बौद्ध क्षेत्र आसपासमा लुटपाटमा संलग्न व्यक्तिहरू पक्राउ परेका हुन्। सेनाका अनुसार बिहान १० बजेसम्म उपत्यकाका विभिन्न संरचनामा लागेको आगो नियन्त्रणका लागि तीनवटा वारुण यन्त्र प्रयोग गरिएको थियो।

सम्बन्धित समाचार

सबै