0
Shares
सुरुङ्गा खबर। झापाको काँकरभिट्टा बसपार्कबाट भारतको सिलिगुडी जादै गरेको सिलिगुडी निवासी ३५ वर्षीय जय प्रकाश कुमार पाठक हतियारसहित पक्राउ परेका छन्।
गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले भारतको नम्बर प्लेट (WB 70 G 3232) भएको TUV300 गाडी चेकजाँच गर्दा एक थान एयर पेस्तोल, पाँच थान एयर बुलेट र दुई थान खुकुरी फेला पारेको जनाएको छ।
त्यसैगरी पाठकको साथबाट दुई थान मोबाइल फोन, परिचय खुल्ने कागजात तथा गाडीको आरसी बुक समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ परेका पाठकमाथि आवश्यक अनुसन्धान जारी छ।