उमेश कुमार साह , पुस २०
सुरुङ्गा खबर,बोदे बरसाईन। श्री राष्ट्रिय आधारभूत बिधालय खडकपुरमा (वार्षिक शैक्षिक कलेण्डर कार्यक्रम) अन्तरर्गत शुक्रबार बोदे बरसाईन नगरपालिका स्तरीय शुक्रबारे अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न भएको छ।
सप्तरीको बोदे बरसाईन नगरपालिका वडा नम्बर—१० मा नगरभरभित्रका ३० वटा सामुदायिक विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा चित्रकला प्रतियोगिता (१—५), गायन प्रतियोगिता (१—१२), वक्तव्यकला प्रतियोगिता (६—८) र खुला नृत्य प्रतियोगिता( ९ – १२ सम्म) का विद्यार्थीहरुले अतिरिक्त कला प्रदर्शन गरेका थिए ।
चित्रकला प्रतियोगितामा छात्रा तर्फ प्रथम – प्रेम कुमार साह( श्री चन्द्रा नमुना माध्यमिक बिधालय बोदे बर्साईन) , दोस्रो आनन्द कुमार दास ( श्री राजाजी जनता माध्यमिक बिधालय काचन ) , तेस्रो हिमान्सु यादव ( श्री महेन्द्र चुन्नी माध्यमिक बिधालय मानराजा)
स्थान प्राप्त गरे।
त्यसैगरी प्रतियोगिताको छात्र तर्फ प्रथम – मनमाया चौधरी ( श्री राष्ट्रिय आधारभुट बिधालय कुशमहार) , दोस्रो सवाना खातुन ( श्री चन्द्रा नमुना माध्यमिक बिधालय बोदे बर्साईन) ,तेस्रो अनेसुन (श्री शत्रुधन माध्यमिक बिधालय नेगडा) स्थान प्राप्त गरे।
त्यसैगरी,गायन प्रतियोगितामा र वक्तव्यकला प्रतियोगिताको नतिजा यहि पौष २४ गते सर्वजानिक गर्ने व्यवस्थापन समितिले बताए।
साथै खुला नृत्य प्रतियोगिता( ९ – १२ सम्म) का विद्यार्थीहरु मध्यम प्रथम काचन मा बि , दोस्रो सारस्वर मा बि र तेस्रो कुशमहार अधारभुत बिधालयले स्थान प्राप्त गरे।
सो कार्यक्रमका प्रमुख अतिथि बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह यादव, विशिष्ट अतिथि बोदे बरसाईन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव गजेन्द्र नाथ शर्मा , अतिथिहरु वडा नम्बर-१० का वडा अध्यक्ष सुनित कुमार यादव , नेपाल प्रज्ञा प्रतिष्ठान प्रज्ञा सभा सदस्य डा. सूर्य प्रसाद यादव, नगर शिक्षा अधिकृत रामसागर यादव, श्रोत व्यक्ति रामसेवक यादव,विभिन्न बिधालयका प्र.अ तथा कर्मचारीहरुको उपस्तिति रहेको थियो। बोदे बर्साईन नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष सुनित कुमार यादवको सभापतित्वमा कार्यक्रम भएको थियो। श्री राष्ट्रिय आधारभुत बिधालय खडकपुरको प्र.अ राम चरण प्रसाद यादवको आयोजनामा कार्यक्रम भएको थियो ।