छोरीको जन्मदिनमा ६० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण

0 Shares

सुरुङ्गा सम्बाददात

रौतहट । छोरी चान्दनीको जन्मदिनको अवसरमा उनका बुवा नन्दलाल रामले ६० जना बालबालिकालाई कापी तथा डटपेन वितरण गरेका छन्।

रौतहट जिल्लाको वृन्दावन नगरपालिका–१, बैराठपुरस्थित दलित भवनमा आयोजित कार्यक्रममा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो। छोरीको जन्मदिनलाई विशेष तथा स्मरणीय बनाउने उद्देश्यले रामले फजुल खर्च गर्नुभन्दा बालबालिकाको शिक्षा र भविष्यमा सहयोग पुग्ने कार्यलाई प्राथमिकता दिएका हुन्।

जन्मदिनको खुसी बालबालिकासँग बाँड्दै उनीहरूको अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यले गरिएको यस कार्यले समाजमा सकारात्मक सन्देश दिएको छ। विशेषगरी आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायका बालबालिकालाई शिक्षाप्रति प्रोत्साहित गर्न यस्ता सहयोगले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास गरिएको छ।

शिक्षा समाज परिवर्तनको प्रमुख आधार भएकाले बालबालिकाको शैक्षिक विकासमा परिवार, समाज तथा विभिन्न संघसंस्थाले आ–आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने सन्देशसमेत यस कार्यले दिएको छ।

व्यक्तिगत खुसीलाई सामाजिक सेवासँग जोड्दै नन्दलाल रामले छोरीको जन्मदिनलाई सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा मनाएका छन्।

यस अवसरमा चान्द्नी रामलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै उनको सुस्वास्थ्य, दीर्घायु तथा उज्ज्वल भविष्यको कामना गरिएको छ।

सम्बन्धित समाचार

सबै