बिद्यालय वाट बन्चित बालवालिकाका लागि समुदायमा अनाैपचारिक बिद्यालय 

0 Shares

राधेश्याम राम विश्वास,सिरहा ७ भदाै

सुरुङ्गा खबर। केयर नेपालकाे आर्थिक तथा प्राविधिक सहयोगमा समुन्नत नेपाल र सबल नेपाल सप्तरीको संयुक्त साझेदारीमा संचालित उन्नति कार्यक्रम अन्तरगत सिराहाकाे नरहा गाउँपालिकामा सामुदायिक सिकाइ केन्द्रकाे अनुगमन गरिएकाे छ।

अनाैपचारिक शिक्षा मार्फत विभिन्न कारणवाट विद्यालय जानबाट बन्चित रहेका वालवालिका लाई सिकाइ केन्द्रमा भर्ना गरि शिक्षा प्रवाह गर्ने उदेश्य ले संचालन गरिएकाे केन्द्रहरु ब्यवस्थित रुपमा संचालनमा रहेकाे गा,पा अध्यक्ष राम प्रमाेद यादवले जानकारी दिनु भएकाे छ। जनप्रतिनिधि, संचारकर्मी, सिकाइ केन्द्रका सहजकर्ता, ब्यवस्थापन समितिका पदाधिकारीले अनुगमन गरेकाे सबल नेपालका फिल्ड अधिकृत राधेश्याम रामले जानकारी दिनु भएकाे छ ।

नेपाल सरकारकाे प्रचलित कानुन अनुसार शिक्षा विभागले दर्ता गरि गाउँपालिका भित्र पाँच वटै वडामा ५ वटा अनाैपचारिक विद्यालय संचालन गरेका छन । सबल नेपालले प्राविधिक सहयाेग गरिरहेकाे समुन्नत नेपालका आनन्द कुमार महताे ले जानकारी दिनुभएकाे छ ।

सम्बन्धित समाचार

सबै