बिरगंजमा जसपाद्वारा छठ पूजा सामग्री वितरण

0 Shares

बिष्णु राम, पर्सा सम्बाददाता

सुरुङ्गा खबर । पर्सा जिल्लाको बिरगंज महानगरपालिका–१७ अलौमा जनता समाजवादी पार्टी (जसपा) नेपाल वडा इकाई समिति द्वारा छठ पूजा सामग्री वितरण कार्यक्रम सम्पन्न गरिएको छ।

वडा इकाई समितिका अध्यक्ष धर्मदेव प्रसाद यादवको संयोजकत्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि जिल्ला सदस्य विरेन्द्र यादव रहेका थिए। कार्यक्रममा वडा इकाई समितिका सचिव जदोलाल सहनी, जसपा नगर सदस्य जाकिर हुसेन, नरेश, मोहन, विजय यादव, नगेन्द्र यादव, प्रदीप गुप्ता लगायतका पार्टीका कार्यकर्ताहरुको सक्रिय सहभागिता थियो।

कार्यक्रमअन्तर्गत छठ पर्वको अवसरमा कुल १५५ जना गरीब, अशक्त तथा विपन्न घरपरिवारलाई पूजा सामग्री वितरण गरिएको समितिले जनाएको छ। सामग्री वितरणले आर्थिक रूपमा कमजोर परिवारलाई छठ पर्व मनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

 

जसपाका स्थानीय नेताहरूले यस्ता सामाजिक र सांस्कृतिक कार्यले समाजमा आपसी सद्भाव र सहयोगको भावना बढाउने बताए।

सम्बन्धित समाचार

सबै