लहान वडा नं २३ मा २५ लाखको RCC सडक ढलान शिलान्यास

0 Shares

शियाराम यादव, अषाढ ८, २०८२

सुरुङ्गा खबर, सप्तरी। मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ अन्तर्गत सिरहाको लहान नगरपालिका वडा नं २३, वथनाहामा २५ लाख रुपैयाँ लागतमा निर्माण हुने RCC (रेइनफोर्स्ड सिमेन्ट कन्क्रिट) सडक ढलानको आज औपचारिक शिलान्यास सम्पन्न गरिएको छ।शिलान्यास कार्यक्रममा मधेश प्रदेशकी माननीय सांसद ललिता बिद्रोही, जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश कुमार महतो, जसपा लहान नगर अध्यक्ष रामउदगार महतो, वडा नं २३ का वडाध्यक्ष बद्री यादव, स्थानीय नेता सत्रुधन यादव, जागेश्वर यादवलगायतको उपस्थिति थियो।कार्यक्रममा बोल्दै नेताहरूले योजना समयमै सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गरे।

सडक ढलानले मुख्य बस्तीमा सवारी आवागमन सहज हुने र विशेष गरी बर्षायाममा देखिने चापेको समस्या अन्त्य हुने विश्वास व्यक्त गरिएको छ।ठेकेदार कम्पनीका प्रतिनिधिहरूले छिट्टै निर्माण कार्य सुरु हुने जानकारी दिँदै गुणस्तरीय निर्माणको प्रतिबद्धता जनाए।

स्थानीय जनप्रतिनिधि र नागरिकहरूबीचको सहकार्य तथा प्रदेश सरकारको लगानीले वथनाहाको पूर्वाधार विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै