गोलबजारमा प्रेमीमाथि छुरा प्रहार, युवती प्रहरी नियन्त्रणमा

0 Shares

 

सुरुङ्गा खबर। सिरहाको गोलबजारमा एक युवतीले आफ्ना प्रेमीमाथि छुरा प्रहार गरेकी छन्, जसबाट एक युवक गम्भीर घाइते भएका छन्। घाइते २४ वर्षीय अशोक कुमार महतो गोलबजार नगरपालिका–१३ का स्थायी बासिन्दा हुन् भने हाल वडा नं.–४ मा भाडामा बस्दै आएका थिए।

 

मंगलबार साँझ गोलबजार–४ स्थित दिनेश साहको घरमा घटना भएको हो। प्रहरीले दिएको जानकारीअनुसार ती युवती उक्त घरको कोठामा पुगेपछि अशोकमाथि छुरा प्रहार गरेकी थिइन्। घटनापछि उनी घरको छतबाट हामफालेर भाग्ने प्रयास गर्दा आफैं पनि घाइते भएकी छन्।

 

हाल घाइते अशोक महतोको उपचार गोलबजारस्थित भूमिजा अस्पतालमा भइरहेको छ भने युवतीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, सिरहा पठाइएको छ।

 

स्थानीयहरूका अनुसार उनीहरूबीच विगतदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ। यद्यपि, घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

सम्बन्धित समाचार

सबै