श्रीपुरमा दलित र छात्रा विद्यार्थीलाई छात्रवृत्ति वितरण

0 Shares

जीवन कुमार राम, कडरबोना। सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका वडा नं. ६ मा अवस्थित एकमात्र सरकारी विद्यालय, श्री जनता राष्ट्रिय आधारभूत विद्यालय श्रीपुरले कक्षा १ देखि ५ सम्म अध्ययनरत दलित र छात्रा विद्यार्थीहरूलाई नेपाल सरकारद्वारा प्रदान गरिने शैक्षिक सत्र २०८१/८२ को छात्रवृत्ति वितरण गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राज नारायण चौधरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष दिनेश कुमार राम प्रमुख अतिथिका रूपमा सहभागी थिए। विद्यालयका प्रधानाध्यापक तथा समितिका सदस्य सचिव राजकुमार साह लगायत समिति सदस्यहरू र विद्यार्थीका अभिभावकहरूको रोहबरमा छात्रवृत्ति वितरण गरिएको हो।

 

उक्त कार्यक्रममा रु. ४००/- को दरले ६८ जना विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको विद्यालयको अध्यक्ष चौधरीले जनाएको छ। लाभान्वित विद्यार्थीहरूमा कक्षा १ देखि ५ सम्मका दलित र छात्रा विद्यार्थीहरू रहेका छन्।

 

प्र‌अका अनुसार, यस कार्यक्रमको उद्देश्य आर्थिक तथा सामाजिक दृष्टिले पछाडि पारिएका समुदायका बालबालिकालाई शिक्षामा पहुँच बढाउनु र उनीहरूलाई शैक्षिक रूपले प्रोत्साहन गर्नु हो।

 

वडा अध्यक्ष रामका अनुसार आगामी दिनमा अझ प्रभावकारी शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

 

सम्बन्धित समाचार

सबै