जातीय विभेदविरुद्ध राष्ट्रिय दलित गोलमेच सम्मेलन हुँदै

0 Shares

जीवन कुमार राम सुरुङ्गा खबर, काठमाडौं। जातीय विभेद र छुवाछुतको अन्त्यका लागि ‘राष्ट्रिय दलित गोलमेच सम्मेलन’ हुने भएको छ। आगामी २०८२ सालको जेठ ३०, ३१ र असार १ गते नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी काठमाडौंमा हुने सम्मेलनले जातीय समानता, सामाजिक न्याय र दलित समुदायको मुक्तिका विषयमा गम्भीर बहस र संवाद गर्नेछ।

 

‘दलित मुक्तिको आधार: राष्ट्रिय दलित गोलमेच सम्मेलनमा मेरो सहभागिता, मेरो विचार’ भन्ने मूल नारासहित आयोजित यस सम्मेलनमा दलित समुदायका अगुवा, अधिकारकर्मी, विज्ञ, युवा तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहनेछ।

 

कार्यक्रमको उद्घाटन समारोह जेठ ३० गते बिहान ११ बजे र समापन समारोह असार १ गते साँझ ५ बजे हुनेछ।

 

उक्त सम्मेलनमा जातीय विभेद र छुवाछुतजस्ता सामाजिक कुरीतिहरूको विरुद्धमा सहमति र ऐक्यबद्धता जनाउने साथै समाज रूपान्तरणका लागि साझा दृष्टिकोण तयार गरिने अपेक्षा गरिएको छ।

सम्पर्क:

९८४९९२३०३४,९८५१३३३९६२,९८४६६६६६८५

सम्बन्धित समाचार

सबै