खडक नगरपालिका वडा नं. ८ साक्षर वडा घोषणा कार्यक्रम सम्पन्न 

0 Shares

जीवन कुमार राम, जेठ २५

सुरुङ्गा खबर । “खडक नगरपालिकाको अभियान, समाजवाद उन्मुख आधार निर्माण” भन्ने नाराका साथ खडक नगरपालिका वडा नं. ८ लाई साक्षर वडा घोषणा गरिएको छ। कल्याणपुरस्थित वडा कार्यालयमा आयोजित विशेष कार्यक्रममा स्थानीय बासिन्दा, जनप्रतिनिधि, समाजसेवी, पत्रकार, बुद्धिजीवी, युवा र कर्मचारीको सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि खडक नगरपालिका प्रशासन शाखा प्रमुख रामाकान्त चौधरी राष्ट्रिय गान बजाएर गर्नुभयो। सभाध्यक्षको रूपमा वडा नं. ८ का वडाध्यक्ष बिन्दुलाल चौधरी रहेका थिए।

 

उक्त कार्यक्रममा खडक नगरपालिका वडा सदस्यहरू वविता कुमारी चौधरी, मोहनी देवी चौधरी र राजेन्द्र प्रसाद मण्डल, खडक नगर युवा सञ्जालका अध्यक्ष रकिराज प्रभात चौधरी, नगरपालिका कर्मचारी ब्रदान श्रेष्ठ, तथा अन्य स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

स्वागत मन्तव्य मधुमाला चौधरीले प्रस्तुत गर्नुभयो भने कार्यक्रमको प्रतिवेदन सोनिया कुमारी मण्डलले प्रस्तुत गर्नुभयो। कार्यक्रमको दौरानमा स्थानीय बालबालिका र युवाहरूको सहभागितामा साँस्कृतिक कार्यक्रम पनि सम्पन्न भएको थियो।

 

त्यसपछि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो, जसमा साक्षरता, सामाजिक न्याय र समावेशीताको विषयमा छलफल भएको थियो। प्रमुख अतिथि रामाकान्त चौधरी साक्षरताको महत्व र स्थानीय तहको भूमिकाबारे मन्तव्य राख्नुभयो।

 

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष बिन्दुलाल चौधरीले वडा नं. ८ लाई औपचारिक रूपमा साक्षर वडा घोषणा गर्नुभयो। कार्यक्रमका बारेमा खडक नगर युवा सञ्जालका अध्यक्ष रकिराज प्रभात चौधरीले जानकारी दिनुभएको थियो।

सम्बन्धित समाचार

सबै