जीवन कुमार राम
सुरुङ्गा खबर,सप्तरी । नेपाल विद्युत प्राधिकरण, बोदेबर्साईन वितरण केन्द्रले हालसालैको मौसम पूर्वानुमानअनुसार केही दिन भारी वर्षा हुने सम्भावनालाई ध्यानमा राख्दै उपभोक्ताहरुलाई सतर्क रहन आग्रह गरेको छ।
प्राधिकरणका अनुसार हावाहुरी, चट्याङ्ग तथा लगातार वर्षाको कारण ओभरहेड लाइनमा प्राविधिक समस्या आउन सक्ने भएकाले विद्युत आपूर्तिमा अस्थायी अवरोध हुनसक्नेछ। यस्तो अवस्थामा सम्पूर्ण उपभोक्ता वर्गलाई केही धैर्य अपनाउन अनुरोध गरिएको छ। विद्युत प्राधिकरणले आपूर्तिलाई यथासक्य नियमित बनाउन ‘स्ट्यान्डबाई’ अवस्थामा तयारी अवस्थामा रहेको जानकारी समेत दिएको छ।
त्यसैगरी, यदि कुनै स्थानमा लाइनमा रुख परेको, पोल झुकेको, तार लत्रिएको वा अन्य कुनै प्राविधिक समस्या देखिएमा त्यस्ता संरचनाबाट टाढा रहन र तत्काल नजिकको विद्युत प्राधिकरण कार्यालय वा निम्न नम्बरहरूमा सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ:
सम्पर्क नम्बरहरू:
बोदेबर्साईन सवस्टेसन: 9852822459
बोदेबर्साईन फ्यूज सेवा: 9852824459
कडरबोना फ्यूज सेवा: 9863677610, 9805900741
लक्ष्मीपुर फ्यूज सेवा: 9842840852, 9863746831
प्राविधिक टिम:
9863963855, 9848427270, 9745566915,
9708053823, 981
9708734, 9868341616