मधेश प्रदेशमा महिला कृषि स्वयंसेविका छनोटका लागि दरखास्त आह्वान

0 Shares

सुरुङ्गा खबर, सप्तरी। मधेश प्रदेश सरकार अन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ‘महिला कृषि स्वयंसेविका परिचालन कार्यक्रम’ अन्तर्गत दरखास्त पेश गर्न सम्बन्धित महिलाहरूलाई आह्वान गरेको छ।

मन्त्रालयको स्वीकृत वार्षिक कार्यक्रमअनुसार सञ्चालन गरिने उक्त योजनामा सहभागी हुन चाहने महिला उम्मेदवारहरूले सम्बन्धित जिल्लाका तोकिएका समिति सचिवालयहरूमा दरखास्त दिन सक्नेछन। दरखास्त दिने अन्तिम म्याद भने सूचनामा स्पष्ट गरिएको छैन।

 

न्यूनतम योग्यता: १. १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको नेपाली नागरिक हुनु पर्ने। २. मान्यता प्राप्त शैक्षिक संस्थाबाट SEE वा सो सरह उत्तीर्ण गरेको। ३. कुनै सार्वजनिक पदमा नियुक्त नभएको। ४. सम्बन्धित स्थानको वडाबाट सिफारिस प्राप्त गरेको।

आवश्यक कागजातहरू:

दरखास्त फारम

नागरिकताको प्रतिलिपि

शैक्षिक योग्यताको प्रमाणपत्र

कृषि, पशुपालन तथा माछा पालनसम्बन्धी तालिम प्रमाणपत्र (यदि छ भने)

कार्य अनुभव भएको भए प्रमाणपत्र

स्वघोषणा पत्र

वडा कार्यालयको सिफारिस

सेवा सुविधा: कार्यक्रम सञ्चालन कार्यविधि, २०८१ अनुसार स्वयंसेविकालाई सेवा सुविधा प्रदान गरिने जनाइएको छ।

दरखास्त पेश गर्नुपर्ने कार्यालयहरू: मन्त्रालयले तोकेको ८ जिल्लाका कार्यालयहरूमा दरखास्त दिन सकिनेछ, जसमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, र पर्सा जिल्लाहरू पर्दछन्। सम्बन्धित जिल्लामा कृषि ज्ञान केन्द्र वा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दरखास्त बुझाउने स्थानका रूपमा निर्धारण गरिएको छ।

थप जानकारीको लागि मन्त्रालयको वेबसाइट https://molmac.madhesh.gov.np हेर्न अनुरोध गरिएको छ।

सम्बन्धित समाचार

सबै