समाजसेवी रामबली रामद्वारा दलित बालबालिकालाई शैक्षिक सामग्री वितरण, मुस्कानले भरियो अनुहार

0 Shares

जीवन कुमार राम, सुरुङ्गा खबर। रौतहट, कटहरिया – साउदी अरबमा वैदेशिक रोजगारीमा सक्रिय रहनुभएका समाजसेवी तथा चमार कल्याण समाज नेपाल राष्ट्रिय समन्वय परिषद्‌का महासचिव राम बलिराम महराको जन्मदिनको विशेष अवसरमा रौतहटको कटहरिया नगरपालिका–५ स्थित दलित धर्मशालामा गरिब तथा जेहेन्दार दलित बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिँदै सामाजिक उत्तरदायित्वको अनुपम उदाहरण प्रस्तुत गरिएको छ।

समाजका रौतहट अध्यक्ष धर्मेन्द्र रामको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम नीलम कुमारी रामको सुमधुर उद्घोषणमार्फत संचालन भएको थियो।

कार्यक्रममा चमार कल्याण समाज नेपालका वरिष्ठ उपाध्यक्ष पुनित राम प्रमुख अतिथिका रूपमा, विशिष्ट अतिथिका रूपमा दिपनारायण राम, साथै मलेसिया शाखाका पुर्व संयोजक तथा केन्द्रीय सदस्य नन्दलाल राम, किशोरी दास, निर्मल दास लगायतको गरिमामय उपस्थिति रहेको थियो। स्थानीय समाजसेवी , बुद्धिजिबी ,सञ्चारकर्मीहरूको समेत सक्रिय सहभागिता कार्यक्रमको प्रभावकारिता बढाएको देखिन्थ्यो।

कापी, पेन्सिल लगायतका शैक्षिक सामग्री प्राप्त गर्दा बालबालिकाको अनुहारमा देखिएको उज्यालो मुस्कानले उपस्थित सबैको मन छोएको थियो। समाजले शैक्षिक अवसर र प्रोत्साहनका माध्यमबाट दलित समुदायको भविष्य उज्यालो बनाउने प्रेरणादायी प्रयास गरेको छ।

सामाजिक रूपान्तरण, समावेशी विकास र शैक्षिक समानतामा चमार कल्याण समाजले खेलिरहेको भूमिकालाई यो कार्यक्रममा झन् प्रगाढ बनाएको छ। यस्ता कार्यहरूले समाजमा सकारात्मक सोच, सहयोग भावना र सहअस्तित्वको भावना फैलाउने निश्चित छ।

सम्बन्धित समाचार

सबै