बिरगंज महानगरपालिका वडा नं. १७ अलौमा बिषम विकास : कतै कालोपत्रे, कतै हिलोमै हिँड्न बाध्य

0 Shares

बिष्णु राम ९ जेठ सुरुङ्गा खबर। बिरगंज महानगरपालिकाको वडा नं. १७ अलौ क्षेत्रमा गरिएको विकास कार्यप्रति सर्वसाधारणले गम्भीर प्रश्न उठाएका छन्। शिवजीको मेलदेखि दक्षिण बरथिङ सेन्टरसम्मको सडक खण्डमा कतै कालोपत्रे ढलान गरिएको देखिन्छ भने, कतै हिलो र धुलोको बीचमै स्थानीयवासी आवतजावत गर्न बाध्य छन्।

स्थानीयवासीहरू भन्छन्, “यो के किसिमको विकास हो? एउटै सडकमा आधा भाग मात्र कालोपत्रे, बाँकी भाग हिँड्नै नसकिने गरी बिग्रिएको छ। विकास भन्दा बढी देखावटीको काम भएको महसुस भइरहेको छ।”

यस क्षेत्रमा गाडी त के, पैदल हिँड्नसमेत मुस्किल हुने अवस्था रहेको छ। खासगरी वर्षायाममा हिलो र फोहोरले सडक अस्तव्यस्त हुने गरेको गुनासो सर्वत्र छ।

सडक सुधारको नाममा केही ठाउँमा कालोपत्रे गरिएको भए पनि योजनाबद्ध रूपमा काम नभएकाले समग्र क्षेत्रमा असमान विकास देखिएको छ।

स्थानीय मुखियाप्रति व्यङ्ग्य गर्दै एक स्थानीयले भने, “गजबको विकास गर्नु भएछ मुखिया जी, कहिले हिलोमा खुट्टा फस्छ, कहिले कालोपत्रेको टुक्रा भेटिन्छ।”

अलौ क्षेत्रका नागरिकहरूले पारदर्शी योजना, समान र दीर्घकालीन विकासको माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

 

सम्बन्धित समाचार

सबै