स्वतन्त्र मधेश जन अभियान र हमर आवाज नेपाल (साउदी शाखा) को संयुक्त आयोजनामा विशेष कार्यक्रम सम्पन्न

0 Shares

फुलो कुमारी सुरुङ्गा खबर। सप्तरीमा स्वाधीन मधेश जन अभियान र हमर आवाज नेपाल साउदी शाखाको संयुक्त पहलमा सप्तरी जिल्लाको कृष्ण सबरन गाउँपालिका वडा नं -३ माइतगढीमा एक विशेष कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा बास, घाँस, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत अधिकारका मुद्दाहरूलाई प्राथमिकताका साथ उठाइएको थियो। कार्यक्रममा साउदी अरबमा कार्यरत नेपाली कामदारहरूको सहयोगमा नेपालमा रहेका ६०० बालबालिकालाई कपीकलमहरू वितरण गरिएको थियो। आफ्नो श्रम र पसिनाको आम्दानीबाट सकारात्मक काममा योगदान दिएका सबै नेपाली साथीहरूलाई स्वाधीन मधेश जन अभियानले शुभकामना र बधाई प्रदान गरेको छ

उक्त अवसरमा स्वाधीन मधेश जन अभियानका ४० जना नेताहरूलाई विशेष सम्मान समेत गरिएको थियो। अभियानले आफ्नो राजनीतिक दृष्टिकोणलाई सशक्त बनाउँदै पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई अपरिहार्य मानेको छ र यही विषयलाई जनस्तरमा प्रवर्द्धन गरिरहेको छ।

कार्यक्रमको समापनमा, स्वाधीन मधेश जन अभियान र हमर आवाज नेपाल (साउदी शाखा) बीच भविष्यमा थप सामाजिक र राजनीतिक कार्यक्रमहरूको सहकार्यमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

सम्बन्धित समाचार

सबै