0
Shares
जीवन कुमार राम। सुरुङ्गा खबर, सप्तरी । जनमत पार्टीकी समानुपातिक सांसद तथा लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छन्। उनले सोमबार प्रदेशसभाका सभामुखलाई पत्र पठाउँदै राजीनाको घोषणा गरेकी हुन्।
सभामुखलाई लेखिएको पत्रमा गुरुङले जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन आफूलाई उचित नलागेको स्पष्ट गरेकी छन्। “जनताले तिरेको करबाट पारिश्रमिक लिने नैतिक आधार ममा छैन,” पत्रमा उल्लेख छ, “त्यसैले स्वेच्छाले राजीनामा दिन चाहन्छु।”
उनको राजीनालाई लिएर जनमत पार्टीले आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन। गीता गुरुङ समानुपातिक कोटाबाट प्रदेशसभामा प्रतिनिधित्व गरिरहेकी थिइन्।
गुरुङको राजीनापछि अब लुम्बिनी प्रदेशसभामा जनमत पार्टीको प्रतिनिधित्वमा नयाँ सांसद चयन प्रक्रिया अघि बढ्नेछ।