रा.प्र.पा. वडा कमिटी सर्वसम्मत पुर्नगठन सम्पन्न

0 Shares

बिष्णु राम सुरुङ्गा खबर, सप्तरी – पर्सा जिल्लाको बीरगंज महानगरपालिका–२१ परवानीपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा.) को वडा कमिटी पुनःगठन गरिएको छ। आज एक विशेष कार्यक्रमका बीच सर्वसम्मतिको आधारमा वडा कमिटी पुनर्गठन सम्पन्न भएको हो।

कार्यक्रममा रा.प्र.पा. बीरगंज महानगर कमिटीका नगर अध्यक्ष रामेश्वर यादवको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो भने जिल्ला निर्वाचन समितिका अध्यक्ष शम्भु गिरिजीको विशेष रोहवरमा उक्त पुनर्गठन प्रक्रिया सम्पन्न गरिएको हो।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नन्दु श्रीवास्तव, जिल्ला कार्यसमितिका वरिष्ठ उपाध्यक्ष जगरनाथ प्रसाद कुर्मी, पार्टीका सचिव पान्नालाल पटेल, क्षेत्र नं. ३ का अध्यक्ष नरेन्द्र चौरसिया तथा क्षेत्र नं. ४ का अध्यक्ष राज किशोर प्रसाद यादवलगायत नेताहरूको उपस्थिति रहेको थियो।

सर्वसम्मतिको आधारमा वडा कमिटी पुनर्गठन गरी पार्टीलाई स्थानीय तहमा थप सशक्त बनाउने प्रयास गरिएको सहभागी नेताहरूले बताए।

सम्बन्धित समाचार

सबै