0
Shares
सुरूङ्गा खबर,सप्तरी। सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका वडा नम्बर ५ नरेशखोर टोल निवासी क्यान्सर पीडित सोनिता रामलाई चमार कल्याण समाज, साउदी अरबद्वारा नगद रु. १०,००० (दश हजार रुपैयाँ) आर्थिक सहयोग प्रदान गरिएको छ।

सहयोग राशिको हस्तान्तरण कार्यक्रम धनुषा जिल्ला चमार कल्याण समाजका अध्यक्ष श्री प्रगास महरा ज्युको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। उक्त सहयोगले सोनिता रामजस्ता असहाय बिरामीलाई केही हदसम्म राहत मिल्ने विश्वास व्यक्त गरिएको छ।
चमार कल्याण समाज, साउदी अरबले यस्ता सामाजिक र मानवीय कार्यमा सक्रिय भूमिका खेल्दै आइरहेको छ। समाजले भविष्यमा पनि यस्ता सहयोग कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जना
एको छ।