नेपाली जन प्रगतिशील मंचद्वारा सान्दान कम्पनी, जुबेलमा बिरामी नेपाली श्रमिकलाई औषधि वितरण

0 Shares

जीवन कुमार राम । सुरुङ्गा खबर, सप्तरी
साउदी अरबको जुबेलस्थित सान्दान कम्पनीमा कार्यरत नेपाली श्रमिकहरूलाई नेपाली जन प्रगतिशील मंचले औषधि वितरण गरेको छ। लामो समयदेखि काम, खानपान र तलब नपाएर कठिन अवस्थामा रहेका श्रमिकहरू केही दिनदेखि बिरामी परेका थिए।

बिरामी श्रमिकहरूलाई नेपाली जन प्रगतिशील मंचका केन्द्रीय उपाध्यक्ष हरि बहादुर बुढाथोकी, जुबेल क्षेत्रीय उपाध्यक्ष, सचिवलगायतको टोलीको उपस्थिति र पहलमा आवश्यक औषधिहरू वितरण गरिएको हो।

पीडित श्रमिकहरूको उद्धारका लागि नेपाली दूतावाससँग निरन्तर समन्वय भइरहेको जानकारी दिँदै मंचले उनीहरूलाई यथाशीघ्र नेपाल फर्काउने प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ। मंचले श्रमिकहरूको स्वास्थ्य अवस्था चिन्ताजनक भएकाले तत्काल उद्धार गर्न आवश्यक रहेको बताएको छ।

यस मानवीय पहललाई प्रवासी नेपाली समुदायले सकारात्मक रुपमा लिएको छ।

सम्बन्धित समाचार

सबै