विद्यार्थी भर्ना अभियान प्रारम्भ तथा पठनपाठन सुरु

0 Shares

जीवन कुमार राम, बैशाख २० कडरबोना। श्री जनता राष्ट्रिय आधारभूत विद्यालय, सुरुङ्गा नगरपालिका–६, श्रीपुर कुशहा (जब्दी) मा नयाँ शैक्षिक सत्र २०८२ का लागि विद्यार्थी भर्ना अभियान औपचारिक रूपमा सुरु गरिएको छ।

२०७८ साल चैत्र २० गतेदेखि नेपाल शिक्षक महासंघ, राष्ट्रिय समितिको संयोजनमा सञ्चालित शैक्षिक आन्दोलनका कारण विद्यार्थी भर्ना तथा पठनपाठनका कार्यहरू अवरुद्ध भएका थिए। विद्यालय बन्द हुँदा शिक्षण गतिविधि प्रभावित भएकाले बालबालिकाको सिकाइ क्षमतामा परेको असरलाई मध्यनजर गर्दै विद्यालयले पठनपाठनलाई पुनः सञ्चालन गर्ने निर्णय गरेको छ।

प्र.अ. राजकुमार साहका अनुसार २०८२ साल बैशाख २१ गतेदेखि बिहान ६ बजेदेखि १२ बजेसम्म नियमित पठनपाठन प्रारम्भ हुने जानकारी दिइएको छ।

यस वर्षको विद्यार्थी भर्ना अभियान “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता” भन्ने नाराका साथ अगाडि बढाइएको छ। वडामा अवस्थित एक मात्र विद्यालय श्री जनता राष्ट्रिय आधारभूत विद्यालयले सम्पूर्ण अभिभावकहरूलाई आ–आफ्ना बालबालिकालाई विद्यालयमा भर्ना गराउन अनुरोध गर्दछ।

शिक्षा सबैको अधिकार हो – आउनुहोस्, हामी सबै मिलेर बालबालिकाको उज्यालो भविष्य निर्माण गरौं।

सम्बन्धित समाचार

सबै