सुरुङ्गामा दलितमाथि कुटपिट, तीन जना घाइते

0 Shares

दिपेन्द्र पासवान

सुरुङ्गा खबर, सप्तरी।सुरुङ्गा नगरपालिका वडा नं ७ मा केही दिन अधि भएको सम्भाबित बलात्कार पछिको हत्या घटना सेलाउन नपाउँदै फेरी पनि नगरपालिकाको वडा नं ५ मा दुई दलित परिवारमाथी सुनियोजित रुपमा कुटपिट भएको छ ।
सो नगरपालिका वडा नम्बर ५ रामटोलमा त्यहाँका चौधरी समुदायका व्यक्तिहरूद्वारा दलित परिवार माथि कुटपिट भएको स्थानियवासीहरुले जानकारी गराएको छ । प्रत्यक्षदर्शिहरुका अनुसार गत बुधबार दिउँसो आफन्तबीच सामान्य विवाद भएपछि बिहीबार राति करिब ९ बजे ४०÷५० जना सहितको चौधरी समुदायका व्यक्तिहरू पीडितको घर पसेर कुटपिट गरेका हुन ्।
उक्त घटनामा परेर कम्तीमा तीन जना घाइते भएका छन्। यसरी घाईते हुनेहरुमा ५३ वर्षीय हरि राम,, सुगिलाल राम र सुकमैर देवी राम रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हाल उनीहरूको उपचार लहानस्थित धामिनी अस्पतालमा भइरहेको जनाईएको छ ।
उक्त घटना पीडित अरुलिया देवी रामका अनुसार बुहारी संगको समान्य बिबाद पश्चात उनले नै चौधरी समुदायका केही मान्छेहरुलाई उक्साएर ल्याएको आरोप लगाएकी छिन् ।उनका उनुसार सो समूहले घरमै पसी घरका सबै सदस्यहरुलाई कुटपिट गर्नुको साथै आफुले लगाएको सुनको फुली र पचासहजार नगद समेत लगेको आरोप लगाएकी छिन ।

स्थानिय युवा राकेश रामको अनुसार चौधरी समुदायले उनीहरूलाई ‘डिहवार थानमा समेत पूजा पाठ गर्न समेत रोक लगाएको जनाएको छ । उनले पडितलाई उदघृत गर्दै यी दुई घरका मानिसहरुलाई गाई बस्तु चराउन मात्र नभई बर्षौदेखि पानी खादै आएको ईनारमा समेत रोक लगाएको प्रति दुखेसो पोखेका छन् ।
पिडित अरुलिया देवी रामका अनुसार , “गत वर्ष जेठ–असारतिर गाउँमा चोरी नियन्त्रणका लागि निगरानी समिति बनाइएको थियो। जसका लागि प्रत्येक घरबाट १०० रुपैयाँ चन्दा संकलन गरिएको थियो। तर, सोही समितिका केही सदस्यहरूले गस्तीको समयमा हाम्रो घरको गेटमा बियरको बोतल फोडेका थिए, त्यस बिषयमा आफुले किन मेरो घरको गेटमा बोतल फुटाएको बिषमा भन्दा तेरो छोराले किन गालि गर्यो हामीलाई भन्दै जे गर्नु छ गर, जहाँ जानुछ जा भन्दै धम्क्याएको थियो ।

सोही दिन राती १२ बजे फेरी स्थानिय दुर्गानन्द चौधरी र सन्तोष चौधरी सहित ५÷६ जनाको समुहमा आएको ब्यक्तीहरुले घरबाट होहल्ला गरी हरि रामको बुहारी र १६ बर्षिय अमन कुमार रामलाई घरबाट लगेर अनाहकमा कुटपिट गरेका थिए । त्यसका बिरुद्ध भोली पल्ट प्रहरीमा उजुरी दिएका थियौ । त्यसैको रिस साँध्दै उनीहरूले पटक–पटक हामीलाई कुटपिट गर्दै आएको पिडितले बताएका छन् ।
यता, आरोप लागेका सर्मिला चौधरीका अनुसार रामका परिवारका महिलाहरुले हामी बाटो घाटो हिड्दा जथाभाबी रुपमा गाली गर्ने गरेको र उनको आफ्नै छिमेकीहरु जो समाजमा हामी संग मिलेरबसेका हरुलाई हातपात गरेका देखेर भगडा छुटाउन जादा उल्टै गाली गरेको कारण यो झगडा भएको स्वीकारेका छन् ।
पीडित पक्षले दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन् भने स्थानीय प्रशासनले घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ

सम्बन्धित समाचार

सबै