0
Shares

सुरुङ्गा खबर, सप्तरी
रुपन्देही । नेपाली चमार समुदायहरूको साझा संगठन चमार कल्याण समाज नेपाल को आयोजनामा रोहिणी गाउँपालिका स्तरीय विशेष चमार भेला आज सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त भेलामा रोहिणी गाउँपालिकाका विभिन्न वडाहरूबाट समुदायका अग्रज, युवाहरू, महिला प्रतिनिधिहरू तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। भेलाले चमार समुदायभित्रको एकता, अधिकार सुनिश्चितता, सामाजिक उत्थान, र सशक्तिकरणका लागि आवश्यक रणनीति तथा कार्यक्रमहरू गर्ने समाजका केन्द्रिय अध्यक्ष दिनेश चमारले जानकारी दिनुभयो।
कार्यक्रममा वक्ताहरूले जातीय पहिचान, शिक्षा, स्वरोजगार, सामाजिक न्याय, र समावेशी विकासका पक्षमा महत्वपूर्ण मन्तव्य व्यक्त गर्नु भएको थियो। साथै, चमार समुदायबीच एकता मजबुत पार्न आगामी दिनहरूमा थप क्रियाशील भूमिका निर्वाह गर्ने जानकारी दिनु भयो
।