बोलेरोमा आगलागी हुँदा चार जनाको मृत्यु

0 Shares

सुरुङ्गा खबर, सप्तरी

ताप्लेजुङमा करेन्ट लागेर बोलेरोमा आगलागी हुँदा चार जनाको ज्यान गएको छ । पीडित परिवारले क्षतिपूर्ति र रोजगारीको माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन्। मृतकमध्ये तीन जना एउटै परिवारका थिए। घाइते दुई जनालाई काठमाडौं पठाइएको छ।

नेपाल विद्युत प्राधिकरणका अनुसार चट्याङले पोलमा रहेको तार झरेको र त्यो गाडीको छतमा अड्किँदा दुर्घटना भएको हो। प्राधिकरणका अधिकारीहरूले यो ‘भवितव्य’ दुर्घटना भएको दाबी गर्दै घटनाबारे विस्तृत अध्ययन गर्ने बताएका छन्।

सम्बन्धित समाचार

सबै