शियाराम यादव,असोज २६
सिरहाको गोलबजारमा मुक्ति नेपालको १६औँ वार्षिक साधारणसभा तथा अधिवेशन एवं वडा दसैँको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ।
जिल्ला समन्वय समिति (जिसस) सिरहाका प्रमुख दिनेश महतोको प्रमुख आतिथ्य तथा गोलबजार नगरपालिकाका प्रमुख र कर्जन्हा नगरपालिकाका उपप्रमुखको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
मुक्ति नेपालकी अध्यक्ष देवकुमारी महराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अधिकारकर्मी श्याम साहले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
कार्यक्रममा मानव अधिकार, शान्ति, सुशासन तथा सामाजिक न्यायका विषयमा छलफल गर्नुका साथै संस्थाको वार्षिक गतिविधि र आगामी कार्ययोजनाका विषयमा समीक्षा गरिएको थियो। साथै, सहभागीहरूले दसैँ पर्वको अवसरमा शुभकामना आदानप्रदान गरेका थिए।
महिला, बालबालिका तथा सीमान्तकृत समुदायको अधिकारका क्षेत्रमा काम गर्दै आएको मुक्ति नेपालको वार्षिक साधारणसभा तथा अधिवेशनले संस्थाको आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।