महाकाल युवा शक्ति नेपालको पहलमा कपिलवस्तुमा कन्या विवाह कार्यक्रम–२०८३ सम्पन्न

0 Shares

लालु चौधरी, कपिलवस्तु
सुरुङ्गा खबर,कपिलवस्तु । सामाजिक सेवामूलक संस्था महाकाल युवा शक्ति नेपालको पहलमा कपिलवस्तुमा ‘कन्या विवाह कार्यक्रम–२०८३’ भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ ।
आर्थिक रूपमा कमजोर, विपन्न तथा असहाय परिवारका छोरीहरूको विवाहलाई सहज र सम्मानजनक बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममार्फत समाजमा सहयोग, सद्भाव र मानवीय सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत भएको आयोजकले जनाएको छ ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो । सहभागीहरूले महाकाल युवा शक्ति नेपालले सञ्चालन गरेको यस प्रकारको सामाजिक अभियानले विपन्न परिवारलाई राहत पुग्नुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताएका थिए ।
आयोजक संस्थाका पदाधिकारीहरूले सामाजिक उत्तरदायित्व वहन गर्दै आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य, सामाजिक उत्थान तथा मानव सेवासँग सम्बन्धित विविध जनहितकारी कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
महाकाल युवा शक्ति नेपालको यस पहललाई स्थानीयवासी तथा सरोकारवालाहरूले प्रशंसनीय सामाजिक अभियानका रूपमा लिएका छन् । यस प्रकारका कार्यक्रमले समाजमा आपसी सहयोग, सहकार्य र सामाजिक एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।

सम्बन्धित समाचार

सबै